परराष्ट्र मन्त्री वाङ यी बाली टापुमा जी २० समूहको परराष्ट्र मन्त्री सम्मेलनमा
2022-07-11 17:04:40cri
Share with:

हाल चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी बाली टापुमा जी २० समूहको परराष्ट्र मन्त्री सम्मेलनमा सहभागी हुँदै साँचो ढङ्गले बहुपक्षीयतावाद अपनाउन आह्वान गर्नुका साथै अन्तर्राष्ट्रिय खाद्यान्नको सुरक्षा सम्बन्धी चीनको सहकार्य प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुलाई ११ तारिख नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यीले उक्त सम्मेलनमा सहभागी हुनुभएको अवस्थाबारे जानकारी दिनुभएको हो।

 

प्रवक्ता वाङका अनुसार, पूरै विश्वमा एउटा मात्र प्रणाली छ र त्यो नै संयुक्त राष्ट्र संघ केन्द्रित रहेको अन्तर्राष्ट्रिय प्रणाली हुनुका साथै एउटै मात्र परिपाटी रहेको छ। अन्तर्राष्ट्रिय कानुनमा आधारित रहेको अन्तर्राष्ट्रिय परिपाटी हो भन्ने कुरामा परराष्ट्र मन्त्री वाङ यीले जोड दिनुभएको प्रवक्ताले जानकारी दिनुभयो।