चीन र प्रशान्त महासागरका मुलुकबीचको सहकार्यमा शक्ति विस्तार गर्ने उद्देश्य नरहेको चीनको भनाइ
2022-07-11 18:56:54cri
Share with:

चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुलाई ११ तारिख चीन र प्रशान्त महासागरका मुलुकबीचको सहकार्य साझा विकास र हितका लागि शुरू भएको भन्दै यसलाई कुनै शक्ति वा भौगोलिक क्षेत्र विस्तार गर्ने उद्देश्य नभएको बताउनुभयो।

 

यस अघि अस्ट्रेलियाका मिडियामा चीन र पपुवा न्यु गिनीबीच सहकार्यमा सैन्य अड्डाको निर्माण समावेश गरिएको झुटो समाचार सम्प्रेषण भएको थियो। हाल पपुवा न्यु गिनीको विदेशी मन्त्रालयले सो समाचार वास्तविक नभएको भन्दै खण्डन गरेको छ।