चिनियाँ समुद्री ढुवानी घोषणा पत्र सार्वजनिक
2022-07-11 18:58:09cri
Share with:

जुलाई ११ तारिख चीनको १८औँ समुद्री ढुवानी  दिवस हो साथै विश्व समुद्री ढुवानी दिवस चीनमा कार्यान्वयन गरिएको दिन पनि हो। चिनियाँ समुद्री ढुवानी दिवसको घोषणा पत्र आज औपचारिक रूपमा सार्वजनिक गरेको छ।

 

यस पटकको चिनियाँ समुद्री ढुवानी दिवसको मुख्य बिषय कम कार्बन साथै बुद्धिमताको समुद्री ढुवानीको विकास बनाउने हो। चीनका विभिन्न क्षेत्रले समुद्री ढुवानी कार्यमा कम कार्बन कार्यान्वयनमा दिगो विकासलाई अघि बढाउन विविध तथा प्रशस्त कार्यक्रम आयोजना गरेका छन्।

 

चीनको समुद्री क्षेत्रफल ठूलो भएकाले विश्वमा समुद्री ढुवानीको ठूलो मुलुक चीन मानिन्छ। यसरी नै चीन विश्वमा समुद्री ढुवानीको सम्पर्क शक्ति सबभन्दा बलियो भएको साथै सामानको व्यापारिक मात्रा सबैभन्दा ठूलो भएको अर्थव्यवस्था पनि हो। यस बाहेक चीनको समुद्री ढुवानी  अन्तर्राष्ट्रिय सामानहरूको परिवहन कूल मात्रामा  ९५ प्रतिशत पुगेको छ।