राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्व इन्टरनेट सम्मेलन अन्तर्राष्ट्रिय संगठनको स्थापनाप्रति शुभकामना सन्देश
2022-07-12 17:23:29cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १२ तारिख विश्व इन्टरनेट सम्मेलन अन्तर्राष्ट्रिय संगठनको स्थापना भएकोमा शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले विश्व इन्टरनेट सम्मेलन अन्तर्राष्ट्रिय संगठन स्थापना सूचना युगको विकास प्रवाह अनुकूल हुने र नेटवर्क स्पेस सम्बन्धी अन्तर्राष्ट्रिय आदान प्रदान र सहकार्यलाई गहन पार्ने एक महत्वपूर्ण कदम रहेको कुरामा जोड दिनुभएको छ।

 

अन्तर्राष्ट्रिय समाजसँगै मिलेर यस सुअवसरको सदुपयोग गर्दै अझ निष्पक्ष, उचित, खुलस्त, सहिष्णु, सुरक्षित, स्थिर र जिवन्त नेटवर्क स्थापना कार्यलाई तीब्र पारी इन्टरनेटमार्फत विश्वका विभिन्न मुलुकका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।