राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ विदेश विभाग प्रमुख लिउको शिष्टाचार भेट
2022-07-13 17:02:15cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख लिउ च्यानछाओले जुलाई १३ तारिख मङ्गलबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको बताइएको छ। सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको न्युजपोलार अनलाइनले लेखेको छ।

नेपालको चार दिने भ्रमणका क्रममा आइतबार आइपुग्नुभएका विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा खड्कासँग भेट गर्नुभएको थियो।

सोमबार उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मंगलबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेटवार्ता गर्नुभएको थियो।

विदेश विभाग प्रमुख लिउ आजै स्वदेश फर्कने कार्यक्रम छ।