सीपीसी विदेश विभाग प्रमुख लिउ र नेमकिपा अध्यक्षबीच भेटवार्ता
2022-07-14 16:06:57cri
Share with:

नेपालको चारदिने भ्रमण पूरा गरी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ च्यानछाओ बुधबार बेइजिङ फर्किनु भएको छ। नेपाल भ्रमणमा रहँदा नेता लिउले बुधबार अपरान्ह भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग शिष्टाचार भेटवार्ताको गर्नु भयो।

भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएको नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको बताउनुभयो।

नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ।