मन्दीमा फस्दै गएको ठान्छन् बहुसंख्यक अमेरिकीहरू
2022-07-15 16:48:50cri
Share with:

अमेरिकामा भएको नयाँ सर्वेक्षणका अनुसार अधिकांश अमेरिकीहरूले अमेरिकी अर्थतन्त्र मन्दीमा रहेको ठान्छन्।

भर्खरको एक सर्वेक्षणले ५८ प्रतिशत अमेरिकीहरूले देश मन्दीमा रहेको भनेका छन्। गत मे र जुन महिनामा यस्तो बताउने अनेरिकीको सङ्ख्या क्रमशः ४८ र ५३ प्रतिशत थियो।

सर्वेक्षणमा १० मध्ये दुई जनाभन्दा कम अमेरिकी (१९ प्रतिशत) ले आफ्नो ज्याला मुद्रास्फीतिसँग तालमेल रहेको बताएका छन् भने आधाभन्दा बढी (५४ प्रतिशत)ले भने नभएको बताएका छन्।