कोभिड प्रोटोकल पालना गरेर रसुवागढी नाका दुइतर्फी खोल्न चीन सहमत
2022-07-15 15:54:29cri
Share with:

कोभिड प्रोटोकल पालना गर्दै दुईतर्फी रुपमा रसुवागढी नाका सञ्चालन गर्न चीन सहमत भएको छ। नेपाल र चीनका अधिकारीहहरुबीच बिहीबार भएको भर्चुखल छलफलमा यस्तो सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन्। यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख भएको अनलाइन खबरले लेखेको छ।

नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा रसुवागढी नाका खोल्नेबारे नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एशिया डिभिजन प्रमुख लोकबहादुर थापा र चीनकातर्फबाट सीमा विभागका निर्देशक हङ लिङले सहमति जनाउनु भएको हो। सहमतिमा कहिलेदेखि नाका सञ्चालनमा ल्याइने भन्ने खुलाइएको छैन।

२०७७ भदौ १६ मा नेपाली श्रमीकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द चिनियाँ पक्षले बन्द गरायो। २९ माघमा २०७७ मा एकतर्फी रुपमा नाका चीनले खुला गरेको थियो।