राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिन्च्याङको निरीक्षण भ्रमण
2022-07-16 16:59:25cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राधयक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै सिन्च्याङको निरीक्षण भ्रमण गर्दै विभिन्न जातिका पदाधिकारी र सर्वसाधारणसँग भेटघाट गर्नुभएको छ।

 

निरीक्षण भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सीले केन्द्रीय समितिको निर्णय र कार्यनीतिलाई दृढताका साथ व्यवहारमा उतार्नुका साथै नयाँ युगमा सिन्च्याङको सञ्चालन र व्यवस्थापन सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको रणनीतिलाई पूर्ण र निश्चित रूपमा पालना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। यसका अतिरिक्त अटलताका साथ सामाजिक स्थिरता र दीर्घकालीन सुरक्षा भन्ने मुख्य लक्ष्यतिर कोशिस गर्दै सुधार र खुलापनलाई पूर्ण रूपमा गहन पारी उच्च गुणस्तरीय विकास, महामारी प्रतिरोधात्मक कार्य, आर्थिक र सामाजिक विकास, मिलिजुली विकास र सुरक्षालाई अघि बढाउँदै जाने अपिल पनि उहाँले गर्नुभएको छ। नयाँ युगको नयाँ यात्रामा अथक प्रयासमार्फत एकताबद्ध, मेलमिलापयुक्त, समृद्ध, सम्पन्न, सभ्य, प्रगतिशील, आनन्दसँग बसोबास गर्ने र राम्रो पर्यावरणीय बोकेको सुमधुर सिन्च्याङको निर्माण गर्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।