चिनियाँ सहयोगस्वरूप श्रीलङ्कालाई सहायता दिइएको दोस्रो चरणको चामल हस्तान्तरण
2022-07-16 17:15:56cri
Share with:

श्रीलङ्काका लागि चिनियाँ दूताबास र श्रीलङ्का शिक्षा मन्त्रालयले जुलाई १४ तारिख संयुक्त रुपमा चिनियाँ सहयोगस्वरूप श्रीलङ्कालाई सहायता दिइने दोस्रो चरणको चामल हस्तान्तरण समारोहको आयोजना गरेका छन्।

 

यस पटक हस्तान्तरण गरिने १ हजार टन चामलका अतिरिक्त चीनले श्रीलङ्कातर्फ क्रमश: १० हजार टन चामल सहायता गर्ने योजना बनाएको छ। ती चामल मुख्यत: श्रीलङ्काका विद्यार्थीको खाजा योजनाका लागि प्रयोग हुनेछ। त्यसबाट नौवटा प्रान्तका झण्डै ७९०० वटा स्कुलका ११ लाख विद्यार्थीहरू लाभान्वित हुने अनुमान छ।