नेटोद्वारा एस्‍सीओका सदस्य मुलुकलाई प्रतिद्वन्द्वी बनाउनु विश्वशान्तिमा चुनौति
2022-07-17 17:36:47cri
Share with:

शाङ हाइ सहयोग संगठन एस्‍सीओका महासचिव चाङ मिङले जुलाई १५ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा नेटोले केही दिन अघि एस्‍सीओका केही सदस्य मुलुकलाई प्रतिद्वन्द्वी बनाएको कुराबाट विश्वको शान्ति तथा संरक्षणमा सकारात्मक नहुने औँल्याउनुभएको छ। महासचिव चाङ मिङले इरान र रूसले एस्‍सीओमा सामेल हुन आवेदन दिइसकेको र अहिले कानुनी प्रक्रियामा रहेको कुरा पनि बताउनु भएको छ।

 

शितयुद्धपछि धेरै विकासोन्मुख मुलुकहरूले विकासलाई सदुपयोग गरेका छन् तर नेटोले आफ्नो फाइदाका लागि धेरै मुलुकलाई प्रतिद्वन्द्वी बनाएको छ। हाल नेटोले एसिया-प्रशान्त क्षेत्रलाई सामूहिक प्रतिरोध गर्न खोजेको कुरा महासचिव चाङले बताउनुभयो।