राष्ट्राध्यक्ष सी चिनफिङको सिन्च्याङ निरीक्षण भ्रमणलाई सर्वसाधारणको सकारात्मक प्रतिकृया
2022-07-17 17:09:11cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाल सिन्च्याङको निरीक्षण भ्रमण गर्नुभएको छ। सो अवधिमा उहाँले नयाँ युगमा सिन्च्याङको सञ्चालन र व्यवस्थापन सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको रणनीतिलाई पूर्ण र निश्चित रूपमा पालना गर्नुका साथै एकताबद्ध, मेलमिलापयुक्त, समृद्ध, सम्पन्न, सभ्य, प्रगतिशील, सद्भावयुक्त समाज र राम्रो पर्यावरणीय बोकेको सुमधुर सिन्च्याङको निर्माण गर्दै जाने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको निरीक्षण भ्रमणले सिन्च्याङका पदाधिकारी र सर्वसाधारणबाट सकारात्मक प्रतिकृया पाएको छ। सिन्च्याङ विश्वविद्यालयका उपनिर्देशक जुरियाटी स्मायीले सी चिनफिङ नयाँ युगको चिनियाँ विशेतायुक्त समाजवादी विचारधाराको निर्देशनमा विभिन्न जातिबीच एकताबद्ध भएको चीनले बिजय प्राप्त गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।

सिन्च्याङ उरूमुछी शहरको थेन शान जिल्लाको कु युआन स्याङ आबास क्षेत्रका बासिन्दा अब्लाइटी थुर्सुनले जनताको जीवन झन् झन् राम्रो बन्नुका साथै मातृभूमि झन् समृद्ध र सम्पन्न हुने प्रार्थना प्रकट गर्नुभएको छ।