नेपाल-भारत सीमा नाकामा कोभिड संक्रमित बढ्दै गएपछि उच्च सतर्कता
2022-07-19 17:59:30cri
Share with:


भारतमा कोरोना संक्रमण बढेसँगै घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहॅुजसो संक्रमितहरू देखिन थालेका हुन् । गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार पछिल्लो एक महिनामा भारतबाट घर फर्किनेमध्ये १९ जनामा संक्रमण देखिएको छ । जुन असार मध्यपछिको मात्रै हो । नाकामा फछिल्लो दुई दिनमाक्रै संत्रमित देखिएका छैनन् । त्यसअघि दैनिक २/३ जनासम्म संक्रमित देखिन थालेका छन् । असार अन्तिम साता एकै दिन ६ संत्रमित समेत देखिएका छन् ।

 

हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा १८ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ । पछिल्लो साता संक्रमण कम देखिए पनि त्यसअघि बढेको थियो । अहिले दिल्ली र मुम्बईबाट आउनेहरूमा संक्रमण बढी देखिने गरेको हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेव तर्कराज भट्टले बताउनुभयो। अहिले दिल्ली र उत्तराखण्डको राजधानी देहरादूनसम्म महेन्द्रनगरबाट मैत्री बस सेवा सञ्चालनमा छ । दैनिक एक दर्जन बस दिल्ली र देहरादून आउजाउ गर्छन् ।

अहिले गड्डाचौकी नाका भएर घर फर्किनेमध्ये लक्षण देखिएका र शंकास्पद तथा प्रभावित क्षेत्रबाट आउनेहरूको मात्रै परीक्षण भइरहेको छ । अहिले गड्डाचौकी नाका भएर दैनिक ४/५ सय जना भित्रिने गरेका छन् । तीमध्ये दुई/अढाई सयको मात्रै परीक्षण हुने गरेको कान्तिपुर अनलाइनमा खबर छ ।

संक्रमण देखिएकाहरूलाई नाकाबाटै एम्बुलेन्समा राखेर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाउने गरिएको छ ।

संक्रमितको अवस्था गम्भीर भएमा अस्पतालकै आइसोलेसनमा राखिन्छ भने सामान्य लक्षण भएकाहरूलाई भने वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनमा बस्ने शर्तमा छाडिएको छ ।

 

नेपालमै पनि कोरोना संक्रमण बढ्दो अवस्थामा छ । भारतबाट फर्किनेहरूमा फनि दिनहुँजसो संक्रमित देखिन थालेका छन् । तर सरकारले कोरोना संत्रमण रोकथाम तथा परीक्षणका लागि करारमा राखेका कर्मचारीको समेत म्याद थप नगर्दा समस्या हुनथालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना संक्रमण सुरु भएपछि नाकामा परीक्षण गर्नेदेखि आइसोलेसन केन्द्रहरूमा समेत करारमा स्वास्थयकर्मीहरू भर्ना गरिएका थिए ।

 

यसैबीच कञ्चनपुरको गड्डाचौकी र डोकेबजारमा कोरोना संक्रमण प्रतिकार्य योजनाअन्तर्गत निर्माण भएका संरचनाको सोमबार उद्घाटन गरिएको छ । युरोपेली आयोगको आर्थिक सहयोगमा दुवै नाकामा निर्माण भएका विश्राम कक्ष, अपांगमैत्री शौचालय, स्तनपान कक्ष, पानीको धारालगायतको उद्घाटन गरिएको हो । भारतबाट घर फर्किने नेपालीलाई लक्षित गरेर ऊक्त संरचनाहरू निर्माण गरिएको हो ।

कोरोना संत्रमण सुरु भएपछि दुवै नाकामा हेल्थ डेस्क स्थापना गरेर नियमित रूपमा एन्टिजेन परीक्षण भइरहेको छ । हेल्थ डेस्कका लागि आवश्यक संरचना निर्माणमा स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसँगै दातृ निकायले सहयोग गर्दै आएका छन् ।