छैटौं राष्ट्रिय तिब्बत विज्ञान कार्य समन्वय सम्मेलन पैचिङमा सम्पन्न
2022-07-20 18:58:28cri
Share with:


जुलाई 20 तारिख देखि 21 तारिखसम्म चीन तिब्बत विज्ञान अनुसन्धान केन्द्रले प्रायोजन गरेको छैठौं राष्ट्रिय तिब्बत विज्ञान कार्य समन्वय सम्मेलन पैचिङमा सम्पन्न भयो। सम्मेलनमा देशभरका 80 भन्दा बढी वैज्ञानिक अनुसन्धान संस्था, कलेज र विश्वविद्यालय र सम्बन्धित विभागका 120 भन्दा बढी विज्ञ र विद्वानले अनलाइन र अफलाइन विधिमार्फत् सहभागिता जनाएका थिए।


बैठकले तिब्बत विज्ञान अनुसन्धानको विकास इतिहास र उपलब्धिहरूको समीक्षा र संक्षेप, तिब्बत विज्ञानको विकासको प्रवृत्तिको विश्लेषण र मूल्याङ्कन, नयाँ युगमा राष्ट्रव्यापी तिब्बत विज्ञान अनुसन्धानको विकासका लागि सुझावहरूको बारेमा छलफल,नयाँ सुरुवात बिन्दुबाट राष्ट्रिय तिब्बत विज्ञानको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धनबारे छलफल गरेको छ।