चिनियाँ परराष्ट्र मन्त्रालयले पेलोसीको सम्भावित थाइवान भ्रमणको बारेमा कुरा गर्ने
2022-07-21 18:27:17cri
Share with:

अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीको थाइवानको सम्भावित भ्रमणको प्रतिक्रियामा, अमेरिकी व्हाइट हाउसका प्रेस सचिवले केही दिन अघि भने कि भ्रमणको अझै टुङ्गो छैन। 21 तारिख नियमित पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वनपिनले भन्नुभयो,‘यदि उनी थाइवान भ्रमण गर्न कटिबद्ध हो भने चीनले दृढतापूर्वक प्रतिकार गर्न प्रभावकारी कदम चाल्नेछ।’

 

प्रवक्ता वाङले जोड दिनुभयो, "यदि प्रनितिधि सभाका अध्यक्ष पेलोसीले थाइवान भ्रमण गर्न हो भने यसले एक चीन नीति र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको गम्भीर उल्लङ्घन गर्नेछ, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा नोक्सान पुर्‍याउनेछ, चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारलाई गम्भीर रूपमा असर गर्नेछ,'ताइवान स्वतन्त्रता' तर्फ विभाजन सम्बन्धित शक्तिहरूलाई गम्भीर गलत संकेतहरू पठाइरहेका छन्।