श्रीलंकासँगको मैत्रीपूर्ण नीतिमा चीन अडिग रहने
2022-07-21 18:18:45cri
Share with:

जुलाइ २१ तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा चीन-श्रीलंका सम्बन्धबारे पत्रकारसँग कुराकानी गर्नुभएको छ।

 

प्रवक्ता वाङ वनपिनले चीन र श्रीलंका परम्परागत असल छिमेकी र आपसमा सम्मान, विश्वास र समर्थन रहेको बताउँदै इमानदारी तथा युगौँयुगदेखि असल रणनीतिक सहयोग साझेदारी सम्बन्ध स्थापना भएको व्यक्त गर्नुभयो। श्रीलंकासँगको मैत्रीपूर्ण नीतिमा चीन अडिग रहिरहेर स्थिरता र आर्थिक पुनरुत्थानका लागि श्रीलंका सरकार र जनताले गरेको प्रयासलाई सकेसम्म समर्थन र सहयोग गरी दुई देश सम्बन्धलाई अघि बढाउने इच्छा लिएको प्रवक्ता वाङले बताउनुभयो।

 

अमेरिकी अधिकारीले चीनलाई झूटो निन्दा गरेकोबारे चर्चा गर्दै प्रवक्ता वाङले उक्त झूटो निन्दाले श्रीलंकाली जनता र अन्तर्राष्ट्रिय समूहका जनताका उज्ज्यालो आँखालाई ढाक्न नसक्ने साथै चीन-श्रीलंका मैत्रीपूर्ण आपसी हितयुक्त सहयोग अरू विकास हुने पाइलालाई पनि रोक्न नसक्ने व्यक्त गर्नुभयो। युक्रेन विषयबारे चर्चा गर्दै वाङ वनपिनले अमेरिकाले आफ्नो जिम्मेवारीको वास्ता गरी वार्तामार्फत द्वन्द्व रोक्न सक्रिय प्रयास गर्नुपर्ने दोहोर्याउनुभयो।