विश्व युवा विकास मञ्चलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश
2022-07-21 16:10:03CRI
Share with:

जुलाई २१ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व युवा विकास मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभएको छः युवाले आशाको प्रतिनिधित्व गर्छन् र युवाले भविष्यको सिर्जना गर्छन्। चीनले सधैँ युवाहरूलाई सामाजिक विकासको जीवन्त शक्तिको रूपमा लिएको छ र मानव जातिको संयुक्त भाग्य समुदायको निर्माणमा शक्ति प्रदान गर्न प्रोत्साहित गरिरहेको छ।

राष्ट्राध्यक्ष सीले विश्व युवा विकास मञ्च विश्वव्यापी युवाहरूका लागि विश्वको विकासमा योगदान पुर्याउने र विश्वव्यापी युवाहरूको विकासको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण मञ्च बन्ने आशा पनि व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयोः विभिन्न देशका युवाहरूले मानवजातिका लागि व्यावहारिक कार्यहरूसहित विश्वव्यापी विकासका प्रस्तावहरूलाई अघि बढाउँदै संयुक्त राष्ट्र सङ्घको दिगो विकास एजेन्डा २०३० को कार्यान्वयन गर्नुपर्छ। विश्वका युवाहरूले एकताबद्ध भएर सहयोग गर्ने युगको नयाँ अध्याय सिर्जना गर्ने अपेक्षा पनि छ।

अखिल चीन युवा महासंघको आयोजनामा “युवा विकास प्रवर्द्धन र साझा भविष्यको सिर्जना”मुख्य नारा भएको विश्व युवा विकास मञ्च सोही दिन सुरु भएको हो।