द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपति
2022-07-22 10:49:07CRI
Share with:

भारतीय राष्ट्रपतीय निर्वाचनको नतिजा जुलाई २१ तारिख घोषणा गरिएको छ। सत्तारुढ पार्टी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) की उम्मेदवार द्रौपदी मुर्मु विपक्षीय दलहरूका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित राष्ट्रपतिको जुलाई २५ मा शपथ ग्रहणको कार्यक्रम रहेको छ। पाँच वर्षको कार्यवधिलाई पूरा गर्नुभएका राम नाथ कोविन्दपछि मुर्मु आदिवासी क्षेत्रबाट भारतीय राष्ट्रपति बन्नुहुने पहिलो व्यक्ति हुनुहुन्छ साथै भारतीय इतिहासमा दोस्रो महिला राष्ट्रपति हुनुहुन्छ।