सिन्च्याङको पर्यटन किन यति लोकप्रिय?
2022-07-23 18:36:59cri
Share with:

तथ्याङ्कअनुसार यस वर्षको जुनमा सिन्च्याङमा 2 करोड 39 लाख 20 हजार पर्यटक आएका छन्, जुन गत महिनाको तुलनामा 66.39 प्रतिशतले वृद्धि भएको छ भने पर्यटन राजस्व 17 अर्ब 41 करोड 20 लाख चिनियाँ युआन रहेको छ, जुन गत महिनाको तुलनामा 89.69 प्रतिशतले बढेको छ। सिन्च्याङ पर्यटन किन यति लोकप्रिय छ?

 सिन्च्याङ युगुर स्वायत्त प्रदेशको जनसरकारका प्रवक्ताले हालै प्रतिक्रिया दिनुभयो कि सिन्च्याङमा भव्य पहाड र नदीहरू, गहिरो सांस्कृतिक सम्पदा, समृद्ध ऐतिहासिक अवशेषहरू र बलियो जातीय परम्पराहरू छन्। अहिले सम्म, सिन्च्याङमा ए-स्तरका पर्यटकीय आकर्षणहरूको संख्या बढेर 639 पुगेको छ, जसमध्ये 17 राष्ट्रिय पाँच-ए-स्तरका पर्यटकीय आकर्षणहरू छन्, जुन देशको शीर्ष तीनमा परेका छन्। प्रवक्ताले सिन्च्याङले पर्यटकहरूलाई थप विकल्पहरू प्रदान गर्न पर्यटकीय मार्गहरूलाई थप समृद्ध बनाउने बताउनभुयो।