ह्वाङ खुन मिङ पाँचौं डिजिटल चीन निर्माण शिखर सम्मेलनमा सहभागी
2022-07-23 16:37:21cri
Share with:

जुलाई 23 तारिखमा फु चौमा पाँचौं डिजिटल चीन निर्माण शिखर सम्मेलन सुरु भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका प्रमुख ह्वाङ खुन मिङले भिडियोमार्फत् उद्घाटन समारोहमा उपस्थित भएर मुख्य भाषण दिनुभयो।

 

ह्वाङ खुन मिङले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि डिजिटल चीनको निर्माणले महत्वपूर्ण प्रगति र उल्लेखनीय उपलब्धि हासिल गरेको र भविष्यका सम्भावनाहरू आशालाग्दो रहेको बताउनुभयो। उहाँले डिजिटल औद्योगिकीकरणलाई सशक्त रूपमा प्रवर्द्धन गर्न, डाटालाई प्रमुख तत्वको रूपमा डिजिटल अर्थतन्त्रको निर्माण, डिजिटल सरकार, नयाँ स्मार्ट शहर,डिजिटल ग्रामको निर्माणलाई तीव्रता दिन र सम्पूर्ण मानिसमा डिजिटल साक्षरता र सीप सुधार गर्न आवश्यक रहेको बताउनुभयो।

यस शिखर सम्मेलनको विषयवस्तु "नयाँ परिवर्तनलाई अगाडि बढाउन, डिजिटल नेतृत्वको नयाँ ढाँचा" भन्ने रहेको छ।