वनथेन प्रयोगात्मक केबिन सफलताका साथ प्रक्षेपण
2022-07-24 15:48:48cri
Share with:

चीनको मानव अन्तरिक्ष ईन्जिनियरिङ् कार्यालयका अनुसार, पैचिङ समयबमोजिम सन २०२२को जुलाइ २४ तारिख १४ बजेर २२ मिनेट जाँदा वनथेन प्रयोगात्मक केबिन बोकेको लङ्ग मार्च ५B याउ ३ वाहक रकेट चीनको वनछाङ एयरोस्पेस प्रक्षेपण क्षेत्रमा प्रक्षेपण गरिएको छ, लगभग ४९५ सेकेन्डपछि वनथेन प्रयोगात्मक केबिन रकेटबाट सफलपूर्वक रूपमा अलग भएर पूर्वनिर्धारित कक्षमा प्रवेश गरेपछि प्रक्षेपण सफल भएको छ।

 चीनको मानव अन्तरिक्ष ईन्जिनियरिङ् स्थापना भएयता यो २४औँ पटकको प्रक्षेपण गरिएको हो। वनथेन प्रयोगात्मक केबिन चीनको अन्तरिक्ष स्टेशनको दोस्रो मोड्युल हो साथै पहिलो वैज्ञानिक प्रयोगात्मक केबिन पनि हो।

 

वनथेन प्रयोगात्मक केबिन कार्य पोड, एयरलक पोड र संसाधन पोडबाट गठित छ भने अन्तरिक्ष यात्री निवास गर्न, बाहिर निस्केर काम गर्न र अन्तरिक्ष विज्ञान प्रयोगहरू परिक्षण लिन मुख्यतः समर्थन गरिन्छ साथै थेनह केन्द्रिय केबिनको ब्याकअपको रूपमा अन्तरिक्ष स्टेशनको व्यवस्थापन गरिन्छ।