एसियाली अमेरिकीहरू विरुद्ध घृणाका घटनाहरू बढ्दै
2022-07-25 16:47:24CRI
Share with:

अमेरिकामा एसियाली अमेरिकीहरूविरुद्ध घृणाका घटनाहरू बढ्दै गएका छन्। केही दिन अगाडि जारी गरिएको नयाँ अध्ययनले औँल्याएको छ।

मार्च २०२० र मार्च २०२२ को बीचमा, एसियाली अमेरिकीहरू विरुद्ध ११ हजार ४ सयभन्दा बढी घृणाका घटनाहरू संयुक्त राज्यमा रिपोर्ट गरिएका छन्। एसियाली अमेरिकीहरू र प्यासिफिकहरू विरुद्ध घृणा अपराधहरू विरुद्ध लड्नको लागि यस्ता घटनाहरू ट्र्याक गर्ने र वकालत गर्ने राष्ट्रिय गठबन्धन स्टप एएपीआई हेटको रिपोर्टले उक्त तथ्याङ्क प्रकाशमा ल्याएको हो।

खोजहरूले उत्पीडन, मौखिक दुर्व्यवहार र घृणायुक्त भाषणमा लगातार वृद्धि भएको संकेत दिएको छ जसले कोभिड-१९ महामारीको सुरुवातदेखि नै एसियाली समुदायहरूलाई सताएको छ। २०२१ मा, महामारीको पहिलो चरणमा ९ हजारभन्दा बढी घृणाका घटनाहरू पहिचान भएको थियो। सेन्टर फर द स्टडी अफ हेट एन्ड एक्स्ट्रिमिज्मले गरेको छुट्टै अध्ययनले सन् २०२० र २०२१ को बीचमा एसियाली अमेरिकीहरू विरुद्धको घृणित अपराध राष्ट्रिय स्तरमा ३३९ प्रतिशतले बढेको पाइएको छ।