पैचिङ मानवअधिकार मञ्च सुरू
2022-07-26 20:12:43CRI
Share with:

पैचिङ मानवअधिकार मञ्च २०२२ जुलाई २६ तारिखदेखि सुरू भएको छ। यो मञ्च चिनियाँ मानवअधिकार अनुसन्धान र चिनियाँ मानवअधिकारको विकास कोषबाट संयुक्त आयोजना भएको हो। यस मञ्चको मुख्य विषय "निष्पक्षता, न्याय, तर्कसंगत र समावेशी: विनम्र मानव अधिकारको विकास प्रवर्द्धन" रहेको छ। लगभग ७० देश तथा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संगठनका उच्च पदाधिकारी, विशेषज्ञ तथा विद्वान, राजदूतसहित २०० प्रतिनिधि मञ्चमा सहभागी भएका छन्।

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपप्रमुख एवम् चिनियाँ मानवअधिकार अनुसन्धानका प्रमुख बाइमाट्रेलिनले सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता सी चिनफिङ केन्द्रित पार्टीको केन्द्रीय समितिले मानवअधिकारको सम्मान तथा संरक्षणलाई देशको शासनमा महत्वपूर्ण कार्य बनाएको छ। १ अर्ब ४० करोड चिनियाँ जनताको लाभ महसुस, सुखमय महसुस र सुरक्षा महसुस अझै पूर्ण, सुरक्षित र दिगो बन्दैछ। मानव अधिकारको विकास मानवजातिको साझा कार्य हो। विश्वका विभिन्न देशहरूको साझा प्रयास आवश्यक छ।

पैचिङ मानवअधिकार मञ्च सन् २००८ मा स्थापित विश्वव्यापी मानवअधिकार मञ्च हो। चालु वर्ष दशौं हो। यो मञ्च अन्तर्राष्ट्रिय मानवअधिकारका लागि महत्वपूर्ण आदानप्रदान मञ्च बनेको छ।