चच्याङ प्रान्तमा काम गर्दाको सी चिनफिङको कथा – नयाँ अवधारणा प्राकृतिक सौन्दर्य निर्माण
2022-07-26 09:25:19cri
Share with:

सन् २००२ को अक्टोबरदेखि सन् २००७ को मार्चसम्म चिनियाँ नेता सी चिनफिङ चच्याङ प्रान्तमा कार्यरत हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा चच्याङका सरकारी अधिकारीहरू तथा जनताको प्रयासमा आर्थिक समाजिक सुधार हुनुका साथै प्राविधिक विकास पनि सुरु भएको थियो। राष्ट्राध्यक्ष सीले चच्याङ प्रान्तमा कार्यरत रहेको लगभग पाँच वर्षसम्म चच्याङको विकासका लागि एक शृङ्खलाका प्रभावकारी निर्णय बनाउनुभएको थियो। सो अवसरमा उहाँले चच्याङलाई एउटा प्राकृतिक, शान्तिपूर्ण, सांस्कृतिक तथा कानुनी व्यवस्थामा रहने प्रान्तको निर्माण गर्नुपर्ने उद्देश्य बनाउनुभएको थियो।

सन् १९९५ देखि २००२ सम्मको सात वर्षमा चच्याङ प्रान्तका प्रति व्यक्ति कूल गार्हस्थ उत्पादन दुई गुणाले बृद्धि भएको थियो। त्यहाँको प्राकृतिक उर्जा श्रोत अत्यधिक प्रयोग भएकाले वातावरणको प्रदूषणको समस्या पनि बढेको थियो।

सन् २००२ को नोभेम्बर १ तारिख सी चिनफिङले चच्याङ प्रान्तको ७६औँ नियमित सरकारी कार्य सम्मेलनको अध्यक्षता गर्नुभएको थियो। सो सम्मेलनमा उहाँले एउटा निकै महत्वपूर्ण र स्थानीयले धेरै ध्यान दिएको सरकारी निर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावको बिषय चच्याङ प्रान्तको वायु प्रदूषण रोकथाम र नियन्त्रण गर्ने थियो। त्यसपछि “हरित चच्याङ”को निर्माणको उद्देश्य महत्वपूर्ण भूमिमा खेलेको देखिन्छ। सरकारले चच्याङको वातावरणको संरक्षण तथा प्राकृतिक निर्माण गर्ने निर्धारणा बनाएको थियो। यस्तो नयाँ निर्माण गर्ने उद्देश्यको बमोजिम सरकारले वातावरणको प्रदूषण रोकथाम तथा प्रदूषण समस्याको समाधान गर्ने नियम र सम्बन्धित समस्यासित कानुन निर्णय पनि गरिएको थियो।

त्यसपछि सी चिनफिङले वातावरण सुरक्षा कार्यलाई सर्वेक्षण गर्न चच्याङ विभिन्न ठाउँमा पुग्नुभएको थियो र त्यहाँका सरकारी अधिकारी तथा जनतासँग वातावरणको संरक्षणबारे छलफल गर्नुभएको थियो। उहाँले पहिलो पटक “हरियो पहाड र सफा नदी सुन र चाँदी हुन्” विषय प्रस्तुत गर्नुभएको थियो।

सन् २०२० मा राष्ट्राध्यक्ष सी चिनफिङले कार्यको सर्वेक्षणका लागि चच्याङ प्रान्तको आन ची जिल्लामा घुम्नुभएको थियो। नेता सीले १५ वर्ष पछि त्यहाँ दोस्रो पटकको भ्रमण गर्नुभएको थियो। आन ची जिल्लाको प्राकृतिक वातावरणको संरक्षण गर्दा हरित विकासमार्फत अहिले प्रति व्यक्ति कूल गार्हस्थ उत्पादन ४९५९८ चिनियाँ युआन पुग्नुका साथै वातावरण धेरै राम्रो भएको देखिन्छ।  

राष्ट्राध्यक्ष सी चिनफिङको वैज्ञानिक विकास अवधारणाको आधारमा चच्याङको प्राकृतिक वातावरण धेरै राम्रो हुनुका साथै उल्लेखनीय विकास हासिल भएको देखिन्छ।