फङ लियुआन र इन्डोनेशियाका राष्ट्रपतिकी श्रीमतीबीच वार्ता
2022-07-26 20:21:42CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लियुआनले जुलाई २६ तारिखका दिन पैचिङमा इन्डोनेशियाका राष्ट्रपतिकी श्रीमती इरियानासँग वार्ता गर्नुभएको छ।

उहाँहरूले उत्कृष्ट लोक संगीत प्रदर्शनको अवलोकन पनि गर्नुभएको छ। संगीतको सीमा नभई हृदयको संवाद र मित्रता व्यक्त गर्न सक्ने फङ लीयुआनले व्यक्त गर्नुभएको छ। साँस्कृतिक आदानप्रदानले दुई पक्षको मित्रताको प्रवर्द्धनमा अझ बढी भूमिका खेल्ने आशा पनि उहाँले गर्नुभएको छ।