चीनको ऊर्जा आपूर्ति सुरक्षित र स्थिर रहेको चिनियाँ राष्ट्रिय ऊर्जा बोर्डको भनाइ
2022-07-27 19:24:18CRI
Share with:

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले जुलाई २७ तारिख पत्रकार सम्मेलन आयोजना गरेको छ। सो क्रममा चिनियाँ राष्ट्रिय ऊर्जा बोर्डका अधिकारीले चीनको ऊर्जा आपूर्ति आदि विषयबारे जानकारी दिएका छन्।

प्राप्त जानकारीअनुसार, यस वर्षका पहिला छ महिनामा चीनले २५ करोड टन कच्चा पेट्रोल,  ७४.४ अर्ब घनमिटर प्राकृतिक ग्यास,  ११ करोड ५० लाख टन कोइला र २ अर्ब ९६ करोड किलोवाट विद्युत् आयात गरेको छ, जसले चीनको ऊर्जा आपूर्तिमा सक्रिय भूमिका खेलेको छ। 

अन्तर्राष्ट्रिय सहयोगको सन्दर्भमा, चिनियाँ राष्ट्रिय ऊर्जा बोर्डले सञ्चार, वार्ता र सहयोगका माध्यमबाट ऊर्जा उत्पादन देश, उपभोग देश र अरू सम्बन्धित पक्षसँग समन्वयलाई सबल पारेर पेट्रोल र ग्यासको आयात च्यानलको सुरक्षा र स्थिरता सुनिश्चित गरेको छ र विश्वव्यापी ऊर्जा बजारको सुरक्षा र स्थिरता कायम गर्ने प्रयास गरेको छ।