सिन्च्याङमा कथातथित "जबरजस्ती श्रम" पूर्ण झूट रहेको इजिप्टका स्तम्भकारको भनाइ
2022-07-28 16:47:00CRI
Share with:

इजिप्टको "पिरामिड अखवार" का स्तम्भकार कमल जबलाले टेलिफोन अन्तर्वार्ता दिँदै सिन्च्याङमा तथाकथित "जबरजस्ती श्रम" र 'नरसंहार' भन्ने भनाइ पूर्ण झूट भएको व्यक्त गर्नुभएको छ। यो चीन सरकार र तथा जनतामाथि दुर्भावनापूर्ण गाली हो र चीनको विकासलाई रोक्न खोज्ने कुनियत हो।

जबलाका अनुसार, चिनियाँ सिन्च्याङको आर्थिक विकास तिव्र हुनुका साथै गरिबी निवारण, आतंकवादको विरोध लगायत क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। सिन्च्याङका विभिन्न जातीय जनतासँग पूर्ण धार्मिक स्वतन्त्रतासँगै परम्परागत सँस्कृतिमा राम्ररी उतराधिकार गरिएको छ।

केही पश्चिमा मुलुकले  गरेको  झूटप्रति जबला आक्रोशित हुनु भएको छ। यो चीनको विकासलाई रोक्ने र चिनियाँ जातीय एकतामाथि धावा बोल्ने कुचाल भएको विचार उहाँले व्यक्त गर्नुभएको छ।

जबला इजिप्टमा वरिष्ठ मिडियाकर्मी र स्तम्भकार हुनुहुन्छ। उहाँ इजिप्टको विदेश मामिला समितिको सदस्य पनि हुनुहुन्छ। सन् १९९७ मा जबलाले पहिलो पटक चीनको भ्रमण गर्नुभएको थियो। सन् २०१० र २०१९  मा उहाँले दुईपटक सिनच्याङको भ्रमण गर्नुभएको छ। सन् २०१९ मा सिन्च्याङको भ्रमणपछि उहाँले आफ्नो अनुभव, अवलोकन र सोचअनुसार “चमत्कारको सिर्जना गर्ने ७० वर्ष" शीर्षकमा पुस्तक लेख्नुभएको छ।