मानव अधिकारको झण्डा उठाएर मानवअधिकारमाथि उल्लंघन गर्दै अमेरिका
2022-07-29 16:55:00CRI
Share with:

चिनियाँ “जन दैनिक”अखवरले “मानव अधिकारक झण्डा उठाएर मानवअधिकारको उल्लंघन गरिएको कपट” शीर्षकमा टिप्पणी प्रकाशित गरेको छ। उक्त टिप्पणीका अनुसार, अमेरिकाले तथाकथित "जबरजस्ती श्रम" को नाउँमा सिन्च्याङका प्रतिस्पर्धी उद्योगलाई दबाउने गतिविधि सिन्च्याङका सबै जातीय सर्वसाधारणको रोजगारी र श्रम अधिकारबाट वञ्चित गरिरहेको छ। अमेरिकाले चिनियाँ सरकारको गरिबी निवारण कार्यमाथि हस्तक्षेप र भंग गर्ने गतिविधि सिन्च्याङका सबै जातीय सर्वसाधारणकोको जीवनयापन र विकास अधिकारबाट वञ्चित गरिरहेको छ।

युगुर जातिको उखानमा भनिएको छ “बाली वर्षामा हरित बन्छ भने मानिस श्रममा निर्भर भई सुख प्राप्त गर्छ”। श्रम जीवनयापन, विकास र सुखको मूल हो।  सिन्च्याङले श्रमिकको रोजगारी इच्छालाई सम्मान गरेर नजिकै रोजगार, क्रमशः शहरमा रोजगार  र स्वरोजगारका लागि विभिन्न जातीय सर्वसाधारणलाई सर्त सिर्जना गरेको छ। जसबाट सक्षम मान्छेको पूर्ण रोजगारी भएका छन्। सन् २०२० सिन्च्याङमा ३० लाख ६० हजारभन्दा बढी ग्रामिण गरिबीहरू सबै गरिबीबाट मुक्त भएका थिए। निरपेक्ष गरिबी समस्याको ऐतिहासिक रूपमा समाधान गरिएको छ।

अमेरिकाले तथाकथित “युगुर जबरजस्ती श्रमको रोकथाम कानुन” लागू गरेर  सिन्च्याङका विभिन्न व्यवसायका लाखौंलाख कार्यकर्ताको सबैभन्दा आधारभूत श्रम अधिकारमागि गम्भीर धम्की दिएको छ। अमेरिकाले मुखमा मानवअधिकार बोले तापनि सिन्च्याङको मानवअधिकारलाई भंग गर्ने कार्वाही गरिरहेको छ।

अमेरिकाले बेरोजगार र पुनःगरिबी बनाएर सिन्च्याङलाई बन्द तथा गरिब अवस्थामा फर्काएपछि सिन्च्याङमा जातीय विवाद र अराजकता  बनाउनखोजेको छ। सिन्च्याङको प्रयोग गरी चीनको नियन्त्रण गर्ने षड्यन्त्र कहिल्यै सफल हुँदैन।