"ऋण जाल" वा "प्रवचन जाल"?
2022-07-30 20:16:07CRI
Share with:

हाल पश्चिमा मुलुकहरूले अफ्रिकामा "चिनियाँ ऋणको पासो" भन्ने धारणा प्रसार गरिरहेका छन्। तर बेलायती अनुसन्धान “ऋण न्याय”बाट प्रकाशित प्रतिवेदनका अनुसार, विश्व बैंकको अंकबाट गणना गरी अफ्रिका सरकारको विदेशी ऋणमा १२ प्रतिशत चीनबाट हुनुका साथै ३५ प्रतिशत पश्चिमा मुलुक, विशेष गरी निजी संस्थाबाट हुन्। चिनियाँ ऋणको ब्याजदर २.७ प्रतिशत हुनुका साथै पश्चिमाको ऋणको ब्याजदर ५ प्रतिशत पुगेको छ।  अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको अनुसन्धानअनुसार, अफ्रिकाको कुल ऋणमा चीनको ऋण १७ प्रतिशत मात्र छ। यो संख्या पश्चिमाको एक सवाभन्दा पनि कम छ। 

ऋणदाता भए तापनि चीन पश्चिमा मुलुकभन्दा धेरै फरक छ। पहिलो लक्ष्य। चीनले अफ्रिकाको दीर्घकालीन विकासमाथि ध्यान दिएर चीनको अधिकाँश ऋण उत्पादन व्यवसाय र आधारभूत प्रबन्धको निर्माणमा रहेका छन्। दोस्रो, शर्त। चीनले अफ्रिका देशमाथि सम्मान गरेर अफ्रिकासँग समान सहयोग गरेको छ। चीनले अफ्रिकाको आन्तरिक मामिलामाथि कहिल्यै हस्तक्षेप गरेको छैन। तेस्रो जिम्मेवारी। चीनले ऋण मामिलाको बहुपक्षीय सहयोगमा सक्रिय रूपमा भाग लिंदै जी २० मा सबैभन्दा बढी ऋण राहत गरेको देश हो।

त्यसैले पश्चिमा देशले प्रचार गरेको तथाकथित "चिनियाँ ऋणको पासो " धारणा वास्तवमा अफ्रिकाको आत्मनिर्भरतामा बाधा पुर्‍याउने "गरिबी जाल" मात्र हो र चीन-अफ्रिका सहयोगमा हस्तक्षेप गर्नखोज्ने "प्रवचन जाल" हो।