अमेरिकामा एकै दिनमा एक लाख ३० हजार सङ्क्रमित
2022-07-31 15:55:41CRI
Share with:

अमेरिकामा कोभिड केसहरू गत बुधवार एक दिन एक लाख ३० हजारको नजिक पुगेको थियो। यो फेब्रुअरी यता देखिएको उच्चतम स्तर हो। अमेरिकमा देखिएका नयाँ केसहरूका लागि दैनिक औसत मंगलबार १ लाख २८ हजार ४९६ रहेको थियो। न्यूयोर्क टाइम्स ट्र्याकरका अनुसार, दुई हप्ता अघिको तुलनामा यो २ प्रतिशतले कम हो। साँचो केस गणना सम्भवतः उच्च छ किनभने घरमा परीक्षण गर्ने व्यक्तिहरूको संख्यालाई ध्यानमा राखिएको छैन।

अस्पताल भर्नाको लागि दैनिक औसत बढेर ४३ हजार ४३३ पुगेको छ। यो पनि दुई हप्तामा १२ प्रतशितले बढेको हो। कोरोनाबाट मृत्यु हुने दर पनि दैनिक औसत १० प्रतिशत रहेको छ। क्यालिफोर्नियामा, केसहरू छ महिनामा भएको भन्दा बढी देखिएका छन्, जबकि न्यूयोर्कमा गत वर्षको डेल्टा लहरको चरम सीमामा भन्दा अस्पतालहरूमा धेरै बिरामीहरू छन्। विश्वव्यापी रूपमा, पुष्टि भएका केसहरूको संख्या बुधवार ५७ करोड २५ लाख बढी पुगेको जोन्स हप्किन्सद्वारा एकत्रित डाटाबले औँल्याएको छ। त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि ६३ लाख ८० हजार नाघेको छ। अमेरिकामा मत्र ९ करोड भन्दा बढी सङक्रमित छन् भने १० लाख २७ हजार ९ सय १२ जना अमेरिकीको मृत्यु भइसकेको छ। सङ्क्रमित र मृतकको सङ्ख्यामा अमेरिका विश्वको अग्रणी स्थानमा छ।