सयौं वर्षदेखिको अमेरिकी कुरुप अनुहार
2022-07-31 16:07:10CRI
Share with:

हाल अमेरिकी विदेश मन्त्रालयले  जबरजस्ती श्रम र वेश्यावृत्ति लगायत मानव तस्करी सम्बन्धी वार्षिक प्रतिवेदन प्रकाशित गरेको छ। जसले विभिन्न देशप्रति टिप्पणी गरेर अन्य देशमाथि आरोप लगाउनुका साथै आफ्नो देशलाई "पहिलो श्रेणी" मा राखेको छ।

तर, स्व-घोषित "लोकतन्त्रको लाइटहाउस" अमेरिका पहिला दास व्यापारको दुष्ट स्थानमा थियो। अहिले पनि र अझै पनि धेरै मानव बेचबिखन र जबरजस्ती श्रम भएको क्षेत्र हो अमेरिका।

सन् १७७६ मा अमेरिका स्वतन्त्र भएको बेला  दास स्वामित्व कानुन थियो। तथ्याङ्कका अनुसार, सन् १५२५ देखि १८६६ सम्म १ करोड २५ लाखभन्दा बढी अफ्रिकीहरूलाई जबरजस्ती श्रमका लागि अमेरिकामा तस्करी गरिएको थियो।

हाल अमेरिकाका केही राज्य सरकारले पनि कानुनी छिद्र प्रयोग गरेर कैदी भाडाबाट पैसा कमाइरहेका छन्। तथ्याङ्कका अनुसार सन् २०१९ सम्म अमेरिकाका निजी कारागारमा थुनिएका एक लाखभन्दा बढी कैदीहरू लामो समयमा उच्च श्रम गर्ने तर न्युन पारिश्रमिकमा जबर्जस्ती श्रममा लगाइने गरेको छ।

जबरजस्ती श्रमको वेवास्ता गर्नुका साथै अमेरिकामा बाल श्रमको अवस्था  पनि गम्भीर छ। अमेरिकामा अझै पनि करिब ५ लाख बाल मजदुरहरू कृषि श्रममा छन्।

त्यसबाहेक अमेरिकाले  “सन् १९३० मा जबरजस्ती श्रम महासन्धि” , संयुक्त राष्ट्र संघका “बाल अधिकार महासन्धि” र “महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि” पारित पनि गरेको छैन। हरेक वर्ष करिब एक लाख मानिसहरूलाई विदेशबाट अमेरिका बेचिएर जबरजस्ती श्रम गराइन्छ।

"मानव अधिकारको लाइटहाउस"को ज्योति अमेरिकामा कहिल्यै चम्कदैन।