चीनका परराष्ट्र मन्त्री वाङ यी पूर्वी एशिया सहकार्य सम्बन्धी परराष्ट्र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनुहुने
2022-08-02 18:43:24cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ३ देखि ५ तारिखसम्म कम्बोडियाको नोपेन्हमा आयोजना गरिने चीन आशियान १० जोड १ परराष्ट्र मन्त्रीस्तरीय सम्मेलन, आशियान र चीन, जापान, दक्षिण कोरिया १० जोड ३ परराष्ट्र मन्त्रीस्तरीय सम्मेलन, पूर्वी एशिया शिखर सम्मेलन अन्तर्गत परराष्ट्र मन्त्री सम्मेलन र आशियान क्षेत्रीय मञ्च अन्तर्गत परराष्ट्र मन्त्री सम्मेलनमा सहभागी हुनुहुने छ। त्यसका साथै कम्बोडियाका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री प्राक सोखुनको निमन्त्रणामा परराष्ट्र मन्त्री वाङ यीले कम्बोडियाको भ्रमण गर्नुहुने कार्यकम रहेको पनि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले जानकारी दिनुभएको छ।