साइनो नेपाल मिडिया सोसाइटीद्वारा न्यान्सी पेलोसीको थाइवान भ्रमणबारे टिप्पणी
2022-08-03 20:19:59cri
Share with:

 

साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले अगष्ट ३ तारिख साइनो नेपाल मिडिया सोसाइटीको तर्फबाट अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले आकस्मिक रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गर्नुभएको विषयबारे एउटा वक्तव्य जारी गर्नुभएको छ।

 

सो वक्तव्यमा भनिएको छ, ‘अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले चीनको गम्भीर आपत्ति र कडा विरोधको बावजुद जथाभावी रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गर्नुभयो। उहाँको त्यो कारवाई एक मात्र चीन भन्ने सिद्धान्त र चीन अमेरिकाबीचका ३ वटा संयुक्त विज्ञप्तिको नियम विपरीत हुनुका साथै त्यसले चीनको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नतालाई ध्वस्त पारेको छ।’

 

साइनो नेपाल मिडिया सोसाइटीले त्यस कारवाईको दृढताका साथ विरोध गर्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ। साथै सोसाइटीले विगतमा झैं एक चीन भन्ने सिद्धान्तलाई दृढताका साथ समर्थन गर्दै जाने कुरा पनि उल्लेख गरिएको छ।