अमेरिकाले चीनको सार्वभौमसत्ता उल्लङ्घन गरेकोमा वाङ यीको टिप्पणी
2022-08-03 10:32:20cri
Share with:

अमेरिकाले चिनियाँ सार्वभौमसत्ताको उल्लङ्घन गरेकामा चिनियाँ राज्य परिषदका सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीले प्रतिक्रिया दिनु भएको छ। उहाँका टिप्पणीहरू निम्नानुसार छन्:

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको गम्भिर विरोधलाई बेवास्ता गर्दै थाइवान भ्रमण गर्नुभयो। यस कार्यले “एक चीन सिद्धान्त”लाई गम्भीर रूपमा उल्लङ्घन गरेको छ। द्वेषपूर्ण रूपमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन भएको छ र स्पष्ट रूपमा राजनीतिक उक्साहटहरू गरिएको छ। चिनियाँ जनताको कडा आक्रोश र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक विरोध भएको छ।

अमेरिकाले चीनको पुनर्मिलनको महान् कार्यमा बाधा पुर्‍याउने कल्पना गर्नु हुँदैन। थाइवान चीनको हिस्सा हो। पूर्ण राष्ट्रिय एकीकरणलाई साकार पार्नु सामान्य प्रवृत्ति र ऐतिहासिक अपरिहार्यता हो। अमेरिकाले चीनको विकास र पुनरुत्थानलाई कमजोर बनाउने कल्पना गर्नु हुँदैन। चीनले आफ्नै राष्ट्रिय परिस्थिति अनुरूप सही विकास मार्ग अपनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा एक अर्ब ४० करोड चिनियाँ जनता चिनियाँ शैलीको आधुनिकीकरणतर्फ अघि बढिरहेका छन्। चीनको विकास र वृद्धिलाई कमजोर पार्ने र चीनको शान्तिपूर्ण उदयलाई कमजोर पार्ने प्रयास थाइवानको मुद्दामा भड्काउने काम पूर्ण रूपमा व्यर्थ छ। अमेरिकाले थाइवान मुद्दालाई क्षेत्रीय रणनीतिमा समावेश गरी द्वन्द्वलाई उक्साएको छ, क्षेत्रीय विकासको प्रवृत्तिविरुद्ध र एसिया–प्रशान्त क्षेत्रका जनताको अपेक्षाविपरीत काम गरिरहेको छ। यो निकै खतरनाक र मूर्खतापूर्ण छ। कालो र सेतोलाई मनमानी ढंगले उल्टाउन सकिन्छ भन्ने अमेरिकाले कल्पना गर्नु हुँदैन। चीनले क्षेत्रीय अखण्डताको रक्षा गर्दछ र देशको विभाजनको विरोध गर्दछ, जुन वैधानिक छ।