नेपाल र जापानका अधिकारीबीच श्रम बैठक बस्दै
2022-08-03 17:33:07cri
Share with:

नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक हुने भएको छ। नेपाल र जापानबीच २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी)को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको कान्तिपुर अनलाइनले जनाएको छ।

 

‘हामीबीच जुन एमओसी छ । त्यसबारे समीक्षा गर्न जरुरी भयो,’ बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले भन्नुभयो,‘हामी दोश्रो पटक बैठक बस्दैछौं ।’

 

बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गर्ने छन्। एमओसीपछि पहिलोपटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो। एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन। एमओसी अनुसार नेपालबाट ८ सय ३५ जना मात्रै नेपाली त्यसतर्फ गएका छन्।