हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा न्यान्सी पेलोसीको थाइवान भ्रमणको कडा विरोध र निन्दा
2022-08-03 14:50:34cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले अगष्ट २ तारिख अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको थाइवान भ्रमणको कडा विरोध र कडा निन्दा गरेको छ।

 

हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी ली च्याउ छाउले पेलोसीको चीनको थाइवान भ्रमणले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई गम्भीर उल्लघन गरेको बताउँदै शान्ति र स्थिरतालाई गम्भीर रूपमा खलल पार्ने काम गरेको बताउनुभयो। यस भ्रमणले एक चीन सिद्धान्तको प्रस्ट उलङ्घन भएको पनि उहाँले स्पष्ट पार्नु भएको छ।

 

ली च्याउ छाउले हङकङ विशेष प्रशासनिक क्षेत्रसरकारले "थाइवान स्वतन्त्रता" विरुद्ध दृढ इच्छाशक्ति र स्पष्ट अडान राखेको र राष्ट्रिय सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको रक्षा गर्ने केन्द्र सरकारको दृढ संकल्पलाई पूर्ण समर्थन गर्ने बताउनुभयो।