राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको वैदेशिक मामिला परिषद्द्वारा न्यान्सी पेलोसीको आकस्मिक थाइवान भ्रमणबारे बक्तव्य
2022-08-03 00:16:43cri
Share with:

राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको वैदेशिक मामिला परिषद्ले अगष्ट २ तारिख न्यान्सी पेलोसीको आकस्मिक थाइवान भ्रमणबारे बक्तव्य जारी गरेको छ।

 

उक्त बक्तव्यमा भनिएको छ: अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले चीनको गम्भीर आपत्ति र कडा विरोधको बावजुद जथाभावी रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गरेका छन्। उनको त्यस कारवाई एक मात्र चीन भन्ने सिद्धान्त र चीन अमेरिका बीच ३ वटा संयुक्त विज्ञप्तिको नियम विपरित हुनुका साथै त्यसले चीनको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नतालाई ध्वस्त पारेको छ। साथै त्यस कारवाईले चीन अमेरिका सम्बन्धको राजनीतिक जगमाथि प्रहार गर्नुका साथै थाइवान स्वतन्त्र पक्षधर भन्ने पृथकतावादी शक्तिलाई गलत संकेत पनि दिएको छ।

 

राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनले त्यस कारवाईको दृढताका साथ विरोध गर्दै त्यसको कडा शब्दमा निन्दा गरेको कुरा पनि उक्त बक्तव्यमा उल्लेख गरिएको छ।