चिनियाँ परराष्ट्र मन्त्रालयको वक्तव्य
2022-08-03 00:11:42cri
Share with:

अमेरिकी काग्रेसको प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले  अगष्ट २ तारिख चीनको थाइवानको भ्रमण गरी एक मात्र चीनको सिद्धान्त तथा चीन र अमेरिका बीचको तीनवटा संयुक्त विज्ञप्तिलाई गम्भीरताका साथ उल्लंघन गरी चीन अमेरिका सम्बन्धको राजनीतिक आधारलाई क्षति पुर्‍याएर चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णतामाथि गम्भिरताका साथ क्षति पुर्याउनुका साथै थाइवान जल डमरुको शान्ति तथा स्थिरतालाई गम्भीरताका साथ बिथोलेर “स्वतन्त्र थाइवान पक्षधर”लाई गलत संकेत दिएको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ।  चीनले त्यसको दृढताका साथ विरोध गरी कडा शव्दमा निन्दा गर्नुका साथै अमेरिकासँग गम्भीर संवाद र कडा विरोध जनाएको छ।

 

विश्वमा एउटै मात्र चीन छ। थाइवान चीनको अविच्छिन्न एउटा भाग हो। जन गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एउटै मात्र वैधानिक सरकार हो। सन् १९७१ मा आयोजित संयुक्त राष्ट्र संघको महाधिवेशनबाट पारित २७५८ औं निर्णय प्रस्तावमा उक्त कुरा निश्चित भएको हो। सन् १९७९ मा अमेरिकाले चीन अमेरिका दौत्य सम्बन्ध स्थापनाको विज्ञप्तिमा पनि यस कुरालाई स्पष्टसँग स्वीकार गरेको थियो। पेलोसी अमेरिकी वर्तमान काँग्रेसकी नेता हुन्, उनले कुनै पनि कारण लिएर कुनै पनि तरिकामार्फत थाइवानको भ्रमण गर्ने कुराप्रति चीन र चिनियाँ जनताले अस्वीकार गर्ने पनि चीनले भनेको छ।