पेलोसीको थाइवान भ्रमणबारे चिनियाँ राजदूतद्वारा कडा विरोध
2022-08-03 09:41:57CRI
Share with:

पूर्वी अमेरिकी समयअनुसार अगष्ट २ तारिख दिउँसो अमेरिकाका लागि चीनका राजदूत छिन काङले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले चीनको थाइवान क्षेत्रको भ्रमण गरेकोबारे अमेरिकी ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद र विदेशमन्त्रालयसमक्ष कडा विरोध गर्नुभएको छ।

छिन काङले अमेरिकाले चीनको कडा चेतावनी र विरोधला वेवास्ता गरी प्रतिनिधिसभाका सभामुख पेलोसीको थाइवान भ्रमण गरेबाट थाइवान विषयमा अमेरिकी नराकात्मक प्रभावला भयंकर रूपमा बढाएर एक चीन नीति र चीन-अमेरिका तीन बुँदे संयुक्त विज्ञप्तिसँग गम्भीर विपरीत कार्य गर्ने, चीन-अमेरिका राजनीतिक धारला गम्भीर रूपमा भंग गर्ने, चीनको सार्वभमिकता र भूभागको अखण्डताला गम्भीर रूपमा अतिक्रमण गर्ने, थाइवान जलडमरूको शान्ति र स्थिरताला गम्भीर रूपमा ध्वस्त बनाउने गरी थाइवान स्वतन्त्र दलला गलत सूचना दिइएको र अत्यन्त ठूलो हानी तथा नराम्रो प्रभाव पारिएको बताउनुभयो।

एक चीन निती चीन-अमेरिका सम्बन्धको राजनीतिक धार र थाइवान विषयको व्यवस्थापन गर्ने मूल नियम हो भने अमेरिकी सरकारको एक अंशको रूपमा रहेको अमेरिकी काँग्रेसले अमेरिकी सरकारको एक चीन नीतिमा अडिग रहेर चीनको थाइवान क्षेत्रसँग कुनै पनि सरकारी वत-जावत गर्नु नहुने छिनकाङले दोहोर्याउनुभयो।