अगस्ट २ तारिख राति चीनका परराष्ट्र उपमन्त्री स्ये फङले आदेश लिएर आकस्मिक रूपमा चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर चीन सरकारको तर्फबाट अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले आकस्मिक थाइवान भ्रमण गरेकोमा अमेरिकाको कडा विरोध गर्नुभएको छ।
उपमन्त्री स्ये फङको अनुसार, पेलोसीले जानाजानी उत्तेजना फैलाउँदै गम्भीर रूपमा एक चीनको नियम तथा चीन अमेरिकाबीच तीन बुँदे संयुक्त विज्ञप्तिको उल्लंघन गरेर गम्भीर रूपमा चीन अमेरिका सम्बन्धको राजनीतिक आधारलाई नष्ट पार्नु भएको छ। उहाँले गम्भीर रूपमा चीनको सार्वभौमिक्ता र प्रादेशिक अखण्डतालाई आघात पुर्याई थाइवान जल डमरुको स्थिरतालाई नष्ट पारी ‘थाइवान पृथकतावाद’लाई उचालेको भन्दै चीनको आपत्ति प्रकट गर्नुभयो। चीनले पेलोसीको गतिविधिलाई बेवास्ता नगर्ने उपमन्त्री स्ये फङले चेतावनी पनि दिनभयो।
थाइवान चीनको थाइवान भएर मातृभूमिमा फर्कने उपमन्त्री स्येले जोड दिंदै कुनै पनि मुलुक, कुनै पनि शक्ति र कोही पनि व्यक्तिले यो पवित्र कार्यलाई भाँड्न नसक्ने बताउनुभयो। चिनियाँ सरकार तथा चिनियाँहरूको राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्ने संकल्प र बलियो शक्तिलाई कम आँकलन नगर्न चीनले अमेरिकालाई बारम्बार सम्झाएको पनि उहाँले स्मरण गराउनुभयो।