चीनमाथि हस्तक्षेप गर्नेलाई सजाय दिने चिनियाँ परराष्ट्र मन्त्रीको भनाई
2022-08-03 14:43:04cri
Share with:

     अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण ‘पूर्ण प्रहसन’हो। चीनलाई हस्तक्षेप गर्नेलाई सजाय दिइनेछ। अगष्ट ३ तारिख चीनको राज्य परिषदका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले कम्बोडियामा आयोजना भएको आशियान मन्त्रीस्तरीय बैठकमा उक्त कुरा बताउनुभएको हो।  उहाँका अनुसार अमेरिकाले तथाकथित लोकतन्त्रको निहुँमा चीनको सार्वभौमिकतालाई हस्तक्षेप गर्ने गतिविधि चालेको छ। थाइवान क्षेत्रका छाइ यीङ वन जस्तै व्यक्तिहरुले अमेरिकाको खुट्टा समातेर राष्ट्रिय न्यायलाई उल्लङ्घन गरेका छन्। उनीहरुको गतिविधिले एक चीनको अन्तर्राष्ट्रिय सहमतिलाई परिवर्तन गर्नसक्दैनन् साथै थाइवान मातृभूमिमा फर्कने ऐतिहासिक प्रवृत्तिलाई परिवर्तन गर्नसक्दैनन्।