अमेरिकाद्वारा गम्भीर रुपमा अन्तर्राष्ट्रिय कानुन उलङ्घनः प्रो.डा. युवराज सङ्ग्रौला
2022-08-04 18:52:59cri
Share with:

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरी एसियाको शान्ति र विकासलाई भङ्ग गर्न उद्दत रहेको नेपालका एकजना अन्तर्राष्ट्रिय कानुनका ज्ञाताले बताउनु भएको छ। प्राध्यापक डा युवराज सङ्ग्रौलाले चिनियाँ मिडिया ग्रुप सीएमजीको नेपाली सेवासँगको अन्तर्वार्तामा उक्त भनाइ राख्नु भएको हो।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अनधिकृत रुपमा थाइवानको भ्रमण गरेपछि विश्वको ध्यान आकृष्ट भइरहेको बेला काठमाडौँ कानुन विश्वविद्यालयका कार्यकारी निर्देशक समेत रहनु भएका प्राध्यापक डा सङ्ग्रौलाले अमेरिकी कदमले एसियाको विकासमाथि बाधा सिर्जना गरेको बताउनुभयो।

चीनसँग सीमा जोडिएकाले चिनियाँ पीडालाई नेपालीले पनि अनुमूति गरेको र समस्त नेपालीहरु चीनको समर्थन र सहानुभूतिमा रहेको बताउँदै उहाँले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई गम्भीर उल्लङ्घन गरेको भन्दै अमेरिकी कार्यको कडा आलोचना गर्नुभयो।

ताइवान चीनको अभिन्न भूभाग हो भन्ने कुरा अमेरिकाले चीनसँग गरेको सम्झौतामा प्रष्ट उल्लेख भएको र सयुक्त राष्ट्रसङ्घले समेत पारित गरेको कुरालाई अमेरिकाले बिर्सन नहुने उहाँले बताउनु भएको छ। अमेरिकाले आफ्नै वचनवद्धत्तालाई लत्याएको र चीन तथा चिनियाँको सार्वभौमिकतालाई गम्भीर असर पारेको बताउँदै अन्तर्राष्ट्रिय समाजले अमेरिकी घृणित कार्यको भत्सर्ना गर्नु पर्ने तर्क गर्नुभयो।

यतिबेला विश्वको आर्थिक विकास एसियामा केन्द्रित रहेको र चीनले विश्व विकासको नेतृत्व गरिरहेको वर्तमान अवस्था अमेरिकालाई सहन नभएको र यसलाई रोक्नका लागि अमेरिकाले शान्ति विकास तथा स्थिरतालाई भत्तकाउने प्रयासमा लागेको आरोप लगाउनुभयो। यस्तो अवस्थामा समस्त अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुले एक स्वरमा अमेरिकी घृणित कार्यको विरोध गर्नुपर्ने र अमेरिकी थिचोमिचोको विरोध गर्नुपर्ने पनि प्राध्यापक डा सङ्ग्रौलाले बताउनुभयो।