चीनका लागि सम्बन्धित युरोपेली मुलुक र युरोपेली संघका राजदूत बोलाएर चीनद्वारा ताइवान मामिलाबारे कडा विरोध प्रकट
2022-08-05 14:59:59cri
Share with:

अगस्ट ४ तारिख चीनका परराष्ट्र उपमन्त्री तङ्लीले जी-७ समूहका विदेश मन्त्री तथा युरोपेली संघको कूटनीतिक तथा सुरक्षासम्बन्धी उच्च प्रतिनिधिले थाइवानसम्बन्धी नकारात्मक विवरण व्यक्त गरेकोमा चीनका लागि सम्बन्धित युरोपेली मुलुक र युरोपेली संघका राजदूतहरू बोलाएर कडा विरोध गर्नुभएको छ। 

अगस्ट ३ तारिख राति ती कूटनीतिज्ञले थाइवानसम्बन्धी नकारात्मक विवरण गरेको भन्दै उपमन्त्री तङले यस्तो वास्तविकतालाई बंग्याउँदा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको र थाइवान स्वतन्त्रता तथा पृथकतावादी शक्तिमा गम्भीर गलत संकेत गएकत्रले चीनले त्यसको कडा विरोध गरेको बताउनुभयो।

एक मात्र चीन सार्वजनिक मान्यता प्राप्त भएको अन्तर्राष्ट्रिय आधारभूत नियम रहेको औंल्याउँदै उपमन्त्री तङले चीनले विभिन्न मुलुकसँग आदानप्रदान गर्ने राजनैतिक आधार पनि रहेको, चीनसँग दौत्य सम्बन्ध भएका मुलुकले थाइवानसँग कुनै पनि औपचारिक आदानप्रदान कायम नराख्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ।