चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा बंगलादेश र मङ्गोलियाको भ्रमण
2022-08-05 19:08:22cri
Share with:

बंगलादेशका विदेश मन्त्री र मङ्गोलियाका विदेश मन्त्रीको निमन्त्रणामा चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ६ देखि ८ तारिखसम्म ती दुई देशको भ्रमण गर्नुहुनेछ।

 

यसैबीच, परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा गणतन्त्र कोरियाका विदेश मन्त्री पार्क जीन र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काले अगष्ट ८ देखि १० तारिखसम्म चीनको भ्रमण गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उक्त घोषणा गर्नुभएको हो।