मंकीपक्सले उग्र रुप लिएमा अमेरिकी नियन्त्रण क्षमता कमजोर
2022-08-05 17:17:35cri
Share with:

अमेरिका कोरोना महामारी नियन्त्रणमा नै खराब स्थिति रहेका बेला मंकीपक्सको अर्को चिन्ता थपिएको छ।

 

अमेरिकी वाशिङ्टन पोस्टका अनुसार अझै पनि कोरोनाभाइरस महामारीलाई पछाडि नपार्दै अर्को सार्वजनिक स्वास्थ्य संकटको सामना गर्नुपर्ने स्थिति देखापरेको छ।

 

न्यूयोर्कले मन्कीपक्सलाई सार्वजनिक स्वास्थ्य संकटको रुपमा घोषणा गरेको छ किनभने यो रोगको अमेरिकी केसहरू बढ्दै गएका छन्। एक पटक फेरि अमेरिका उग्र बन्दै गइरहेको मंकीपक्स भाइरसलाई  नियन्त्रणमा राख्नको लागि तयार छैन। अझ यसबारेमा पर्याप्त सोचविचार गर्न पनि तयार देखिँदैन, वाशिङ्टन पोस्टमा खबर छ।