परराष्ट्र मन्त्री वाङ यीद्वारा दक्षिण चिनियाँ सागर मामिलाबारे चीनको अडान स्पष्ट
2022-08-06 16:54:30cri
Share with:

 

राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ५ तारिख कम्बोडियाको राजधानी नोम पेन्हमा बाह्रौं पूर्वी एसिया शिखर सम्मेलनको परराष्ट्र मन्त्रीस्तरीय सम्मेलनमा सहभागिता जनाउनुभयो। सो सम्मेलनमा उहाँले चीनको अडान प्रकाश पार्दै अमेरिकाले अभिव्यक्त गरेको तथाकथित चासोको खण्डन गर्नुभएको छ।

 

वाड यीले दक्षिण चिनियाँ सागर मामिलाबारे चीनको अडानको पूर्ण ऐतिहासिक तथा कानूनी आधार रहेको भन्दै विगत धेरै वर्षयता आशियान मुलुकहरुसँगै मिलेर दक्षिण चिनियाँ सागरको स्थिरताको संरक्षण गरेको औंल्याउनुभयो।

 

हाल दक्षिण चिनियाँ सागरको शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो जोखिम यस क्षेत्र बाहिरका ठूलो मुलुकको अनुचित संलग्नता र बारम्बार हस्तक्षेप भएको पनि उहाँले प्रकट गर्नुभयो। उहाँले बाहिरका ठूला मुलुकले आफ्नो जिम्मेवारी बाहिरको काम गर्नुहुँदैन र यस क्षेत्रका मुलुकहरुले दक्षिण चिनियाँ सागरका शान्ति र स्थिरताको संरक्षणका लागि गरेको प्रयासको सम्मान गर्नुपर्छ, भन्नुभयो।