सन् २०२२ चीन-आशियान सञ्चारमाध्यम थिङ्क ट्याङ्क मञ्च आयोजित
2022-08-06 20:06:13cri
Share with:

सन् २०२२ चीन-आशियान सञ्चारमाध्यम थिङ्क ट्याङ्क मञ्च अगष्ट ५ तारिख पैचिङमा आयोजना गरिएको छ। सो मञ्चको मुख्य विषय “विश्वको विकास: संयुक्त भाग्य बनाऔं, समन्वयात्मक कार्यकलाप गरौं” भन्ने रहेको छ। चीन र आशियानका १० मुलुकका अधिकृतहरु, मुख्य सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिहरु, थिङ्क ट्याङ्कका प्रतिनिधिहरु र विद्वान तथा विशेषज्ञहरु सो मञ्चमा सहभागी भएका छन्।

 

सन् २०२१ को सेप्टेम्बरमा चीनले विश्वको विकास सम्बन्धी प्रस्ताव प्रस्तुत गरेदेखि अन्तर्राष्ट्रिय समाजले यस प्रस्तावप्रति सक्रिय समर्थन दिँदै आएको छ। मञ्चमा संलग्न विभिन्न पक्षले अन्तर्राष्ट्रिय विकास र सहयोगलाई अघि बढाउन तथा शान्तिपूर्ण विकासका लागि विश्वको विकास सम्बन्धी प्रस्तावले खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गरेका छन्।