धेरै मुलुकका सरकारहरू एक मात्र चीनको नीतिमा अडिग
2022-08-07 19:54:38cri
Share with:

हिजो आज धेरै मुलुकका सरकारहरुले अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले चीनको थाइवान क्षेत्रको भ्रमण गरेकोमा निन्दा गर्दै एक मात्र चीनको नीतिमा अडिग रहने दोहर्‍याएका छन्।

 

इजिप्टका राष्ट्रपति अब्देल फत्तेह एल सिसीले थाइवान समस्याबारे इजिप्टको नीति सदैव स्थिर र दृढ रहेको भन्दै इजिप्टले एक मात्र चीनको नीति अपनाएको बताउनुभयो। उहाँले यो विषय विश्व सुरक्षा तथा स्थिरताको संरक्षणका लागि पनि उपयोगी हुने ठहर गर्नुभयो।

 

नेपालको परराष्ट्र मन्त्रालयले नेपालले एक मात्र चीनको नीतिको दृढताका साथ पालना गर्ने बताउँदै नेपाल र चीनले आपसी सार्वभौमिकता, प्रादेशिक अक्षुण्णता र स्वतन्त्रताको संरक्षणमा समर्थन दिँदै आएको जनाएको छ।

 

त्यसका अतिरिक्त फिलिपिन्स, इराक, बांग्लादेश, माडागास्कार, जोर्डन, क्यामेरुन, गिनी, बुर्किनाफासो, ग्रेनाडा, सिएरालिओन लगायत मुलुकहरुले एक मात्र चीनको नीतिमा अडिग रहने दोहोर्‍याउँदै चीनले राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने कुराको समर्थन गरेका छन्।