चीनले अमेरिकी सेनासँगको तीनवटा आदानप्रदान रद्द गरेकोमा रक्षा मन्त्रालयका प्रवक्ता वु छियानको स्पष्टोक्ति
2022-08-08 18:28:00CRI
Share with:

 चीनको रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले चीनद्वारा अमेरिकी सेनासँगको तीनवटा आदानप्रदान रद्द गरेकामा पत्रकारहरुको प्रश्न जवाफ दिनुभएको छ। उहाँका अनुसार वर्तमान थाइवान जलडमरूको तनावपूर्ण परिस्थिति सम्पूर्ण रुपमा अमेरिकाद्वारा सिर्जना गरिएको हो। अमेरिकी पक्षले पूर्ण जिम्मेवारी र गम्भीर परिणामहरू लिनुपर्छ। चीनले अमेरिकाको दुष्ट र उत्तेजक कारबाहीको प्रतिक्रिया दिनका लागि आठ प्रतिवादको घोषणा गरेको छ। यी आठ प्रतिवादहरुमा चीन र संयुक्त राज्य अमेरिकाका सैन्य थिएटरका नेताहरू वार्ता, चीन अमेरिका रक्षा मन्त्रालयबीचको कार्य बैठक, चीन-अमेरिका समुद्री सैन्य सुरक्षा परामर्श संयन्त्र बैठकलाई रद्द गरिएको छ। चीनको यी प्रतिवादहरु अमेरिकाको उत्तेजक गतिविधिका लागि आवश्यक चेतावनी हो र सुरक्षाको वैध रक्षाका लागि पूर्ण उचित, उपयुक्त र उचित छ। सङ्कट तथा कठिनाई सिर्जना गरिरहेको अमेरिकाले एकातिर सङ्कटको नियन्त्रण गर्दछ भने अर्कातिर आफ्नो उत्तेजक गतिविधिका लागि निहुँ खोजिरहेको छ। यसप्रति चीनको कडा विरोध छ। अमेरिकाले चीनको केन्द्रीय हित तथा महत्वपूर्ण चासोलाई खास तथा प्रभावकारी सम्मान दिँदै गलत बाटोमा अगाडी बढी नजान चेतावनी पनि चीनले दिएको छ।