धेरै मुलुकका राजनीतिक पार्टीहरूद्वारा एक चीन सिद्धान्तको समर्थन
2022-08-08 15:21:12cri
Share with:

केही दिनअघि, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको कडा विरोध र गम्भीर आपत्तिको वेवास्ता गरी चीनको थाइवान क्षेत्रको भ्रमण गरेकी थिइन्। विश्वका धेरै मुलुकका राजनीतिक पार्टीहरूले एक चीन नीति सिद्धान्तको दृढताका साथ पालना गर्ने कुरा व्यक्त गर्नुका साथै देशको सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्नका लागि चीनले चाल्ने सबै आवश्यक कदमको समर्थन गर्ने पनि बताएका छन्।

फ्रान्सेली राजनीतिक पार्टी ला फ्रान्स इन्सुमिसका नेता जीन लुक मेलेनचोनले फ्रान्सले विश्वमा एक चीन मात्रै रहेको र थाइवान चीनको अविच्छिन्न अङ्ग भएको ठहर गरेको बताउनुभयो।

जिम्बाब्वेको सत्तारुढ पार्टी जानू-पीएफले एक वक्तव्य प्रकाशित गर्दै अन्तर्राष्ट्रिय समाजले एक चीन मात्रै रहेको मान्यता दिएको र थाइवान चीनको अविच्छिन्न अङ्ग रहेको जनाएको छ। उक्त पार्टीकाअनुसार, एक चीन नीति चीन र अमेरिकाको सम्बन्धको आधार हो। अमेरिकाले उक्त सिद्धान्तको उल्लंघन गरेको छ।

यसै गरी, ग्रीसको दोस्रो ठूलो राजनीतिक पार्टी र्याडिकल लेफ्ट सिरिजा पार्टीले पनि एक वक्तव्य प्रकाशित गर्दै एक चीन नीतिप्रति ग्रीस र यूरोपको सधैँ नै अडान भएको जनाएको छ।

बंगलादेशको वर्कर्स पार्टीले पनि वक्तव्य प्रकाशित गर्दै एक चीन नीतिलाई समर्थन गरेको जनाएको छ।

लाओसको जन क्रान्ति पार्टीको केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागले पनि एक वक्तव्य प्रकाशित गर्दै थाइवान चीनको अविच्छिन्न भाग भएको भन्दै “दुई वटा चीन” वा “एक चीन र एक थाइवान” बनाउने कुनै पनि कर्तुतको विरोध गर्ने जनाएको छ।